image
image

मिसेस ब्यूटी पेजेन्ट- मिसेस नेपाल वर्ल्ड आयोजना हुँदै

काठमाडौँ ४ असोज   । विवाहित महिलाको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल इन्टरनेसनल’ आयोजना हुने भएको छ । कोरोनाभाइरस महामारीले रोकिएको पेजेन्टको नयाँ संस्करण परिमार्जित भई मिसेस नेपाल वर्ल्डको रूपमा आयोजन हुन लागेको आयोजक संस्था रिबन इन्टरटेनमेन्टले जनाएको छ ।



पहिलो संस्करणको घोषणासंगै यस पेजेन्टका बिजेताले सन् २०२२ को जनवरीमा अमेरिकाको लस भेगासमा आयोजना हुने मिसेस वर्ल्डमा नेपालको तर्फबाट प्रतिनिधित्व गर्ने भएकी छिन्। यसवर्ष देखि रिबनले आयोजना गर्ने कार्यक्रममा एकै मन्चबाट मिसेस नेपाल वर्ल्ड र मिसेस नेपाल इन्टरनेसनलका साथै एमएस नेपाल इन्टरनेसनल गरी तीन जना बिजेताको छनोट गरिने भएको छ ।

मिसेस इन्टरनेसनल नेपाल तथा एमएस नेपाल इन्टरनेसनलका विजेताले नेपाललाई प्रतिनिधित्व गरी सन् २०२२ मा सिङ्गापुरमा आयोजना हुने मिसेस इन्टरनेसनल तथा एम। एस। इन्टरनेसनलमा सहभागिता जनाउने छन। यो वर्ष मिसेस वर्ल्डमा नेपालको पहिलो सहभागिता हुनेछ।


बिगतको वर्षहरुमा झैँ सामाजिक मुद्दालाई आफ्नो कार्यक्रमको नारा तथा वर्षभरी विजेताले उक्त मुद्दामा केन्द्रित रही काम गर्नुपर्ने हुँदा यस वर्षलाई मिसेस नेपालले क्यान्सर बिरुद्धको जनचेतना अभियानलाई वर्षको मुद्दा बनाएको छ।

यस अघि सम्पन्न मिसेस इन्टरनेसनलमा सबिता लामिछाने, अनुपमा राई, सुरुची पाण्डे, चन्दा थापा गिरी र भाविषा कोइराला चटौतले उपाधी जितेका थिए। मिसेस इन्टरनेसनलमा यसअघि नेपालबाट सुरुचि पाण्डे, एलाईजा महर्जन, चन्दा थापा गिरीका साथै स्नेहा थापाले प्रतिनिधित्व गरेका थिए ।  
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।