image
image

मैलुङखोलाको आइपिओ सूचीकृत

काठमाडौँ, ५, असोज । हालै प्राथमिक सेयर (आइपिओ) जारी गरेको मैलुङखोला जलविद्युत कम्पनी सेयर बजारमा सूचीकृत भएको छ।

कम्पनीको कुल ३६ लाख ८१ हजार ४३० कित्ता आइपिओ सूचीकृत भएको हो। कम्पनीले कारोबार संकेतका रुपमा ‘एमकेजेसी’ पाएको छ। दोस्रो बजारमा यसको भोलिदेखि कारोबार खुल्नेछ। 

कम्पनीको सेयरमा पहिलो कारोबारका लागि न्यूनतम मूल्य ९५ रुपैयाँ ७५ पैसादेखि २८७ रुपैयाँ २५ पैसासम्मको ‘रेञ्ज’ तोकिएको छ। 

कम्पनीले सर्वसाधारणका लागि साउन १४ गतेदेखि आइपिओ जारी गरेको थियो। कम्पनीले सर्वसाधारणलाई कुल ७ लाख ३६ हजार २ सय ८६ कित्ता सेयर निष्कासन गरेको थियो।

यसमध्ये कर्मचारी र सामुहिक लगानी कोषका लागि छुट्याएपछि बाँकी ६ लाख ८४ हजार ७४६ कित्ता सेयर सर्वसाधारणलाई बाँडफाँड भएको हो। 

रसुवा जिल्लामा बग्ने मैलुङखोलाबाट कम्पनीले ५ मेगावाट बिजुली उत्पादन गर्नेछ। आयोजनाको कुल लागत ९० करोड २९ लाख अनुमान गरिएको छ। सो अनुमानमै सम्पन्न भएमा प्रतिमेगावाट लागत १८ करोड ५ लाख हुनेछ। 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।