image
image

विद्युत्को तीन करोड बक्यौता  उठ्न बाँकी

काठमाडौँ  ५ असोज  । लमजुङमा विद्युत्को रु तीन करोड बक्यौता उठ्न बाँकी रहेको छ । लमजुङ विद्युत् उपभोक्ता संस्थाको रु दुई करोड र पश्चिम लमजुङ उपभोक्ता समितिको रु एक करोड बक्यौता उठ्न बाँकी छ ।


नेपाल विद्युत् प्राधिकरण केन्द्रका प्रमुख यमकुमारी गुरुङका अनुसार केन्द्र प्रमुख गुरुङका अनुसार पश्चिम विद्युत् उपभोक्ता समितिले २०७२ सालसम्म रु २८ लाख बक्यौता तिर्न बाँकी थियो । त्यसयता समितिले बक्यौता तिरेको छैन । “दुई पटक पत्राचार गरिसकेका छौँँ, बक्यौता तिर्न मानेको छैन”, उनले भने।

लमजुङ विद्युत् उपभोक्ता समितिले गत वर्षदेखि बक्यौता तिर्न थालेको हो । सो संस्थाले सुरुआतमा रु ३२ लाख, दोस्रो पटक रु २५ लाख तथा पछिल्लो समय रु सात बक्यौता तिरेको गुरुङले जानकारी दिए । विसं २०७२ मा लमजुङ वितरण केन्द्र स्थापना भएको हो । स्थापनाताका लमजुङ विद्युत् उपभोक्ता संस्थाले रु तीन करोड १२ लाख र पश्चिम विद्युत् उपभोक्ता समितिले रु २८ लाख बक्यौता तिर्न बाँकी थियो ।

जिल्लामा बिजुली उपभोक्ता समितिले वितरण गर्दै आएको छ । समितिले लमजुङ र तनहुँको केही भागमा गरी करिब ३० हजार सेवाग्राहीलाई बिजुली उपलब्ध गराएको छ । तनहुँको साविकको चिसोपानी, रुपाकोट र पुरनकोटका दुई हजार ७०० परिवारले बिजुली प्रयोग गर्दै आएका छन् ।
 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।