image
image

इन्टरनेट गुणस्तरमा पछी पर्यो नेपाल, १३२ औं स्थानमा 

काठमाडौँ ४ फागुन । विश्वभरको इन्टरनेट पुहँच गुणस्तरको विषयमा नयाँ प्रतिवेदन सार्वजनिक भएको छ । बेलायती अनुसन्धान संस्था ब्रोडब्याण्ड च्वाइसले भर्खरैमात्र इन्टरनेट एक्सेसिबिलिटी इन्डेक्स–२०२१ सार्वजनिक गरेको छ ।  प्रतिवेदन अनुसार इन्टरनेटकाे गुणस्तर मापनमा नेपाल भने  अर्थात् १३२ औं स्थानमा रहेको छ ।

त्यसतै प्रतिवेदन अनुसार सबैभन्दा अघि डेनमार्क रहेको छ । एउटा मात्रै इन्टरनेट सेवा प्रदायकको आधिपत्य रहेको डेनमार्कमा इन्टरनेट सस्तो हुनुका साथै गुणस्तरीय र द्रुत गतिको समेत रहेको उल्लेख छ । १६९ देशको ब्रोडब्याण्ड तथा मोबाइल पूर्वाधारका आधारमा तयार पारिएको उक्त प्रतिवेदनको अनुसार डेनमार्क सबैभन्दा आगाडी आउन सफल भएको हो । 

मोबाइल इन्टरनेट, कभरेज, सार्वजनिक रुपमा उपलब्ध वाईफाई हटस्पटको संख्या र आफ्नै भाषमा सञ्चालनमा रहेका वेब पेजको हिस्सालाई आधार मानी प्रतिवेदन तयार पारिएको उल्लेख गरिएको छ । त्यस्तै  फिक्स्ड ब्रोडब्याण्डको गति, होम इन्टरनेट प्याकेजको मूल्य, मोबाइल डेटा (प्रति जीबी), इन्टरनेट पुहँचमा रहेको देशको जनसंख्या समेटिएको थियो ।
     
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।