image
image

न्यादी हाइड्रोपावरको आइपीओ आज बाँडफाँट हुँदै

काठमाडौँ, ६, असोज । न्यादी हाइड्रोपावरको आयोजना प्रभावित स्थानीयलाई बिक्री गरिएको आइपीओ आज बुधबार (असोज ६ गते) बाँडफाँट हुँदैछ । बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको आफ्नै कार्यालय नक्साल काठमाडौंमा साँझ ५।३० बजे आइपीओ बाँडफाँड हुने कार्यक्रम तय भएको छ । न्यादीले भदौ १ गतेदेखि १५ गतेसम्ममा पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका लागि १५ लाख र कम्पनीका कर्मचारीलाई ३ लाख कित्ता आइपीओ जारी गरेको थियो । सोही सेयर आज बाँडफाँट गर्न लागिएएको हो । 
 
न्यादी हाइड्रोपावरको आइपीओमा ३८ करोड ६२ लाख ४४ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । बिक्री प्रबन्धक ग्लोेबल आइएमई क्यापिटलका अनुसार १५ हजार ३६८ जनाले ३८ लाख ६२ हजार ४४८ कित्ताका लागि आवेदन दिएका हुन् । यसमा अति प्रभावित क्षेत्र लमजुङ जिल्लाको मस्र्याङ्दी गाउँपालिका वडा नं ३, ६, ७ र ८ का स्थानीयलाई ५ लाख कित्ता र उक्त क्षेत्रबाहेक लमजुङ जिल्लाको अन्य क्षेत्रमा बस्ने स्थानीयलाई १० लाख कित्ता आइपीओ छुट्याएको थियो ।

साथै, न्यादीका संस्थापक सेयरधनी संस्थाहरु बुटवल पावर कम्पनी र लमजुङ विद्युत विकास कम्पनीका कर्मचारीहरुका लागि ३ लाख कित्ता सेयरका लागि आवेदन दिन पनि व्यबस्था रहेको थियो । केयर रेटिङ नेपालले यस कम्पनीलाई ‘केयर रेटिङ डबल बी’ इस्युअर रेटिङ दिएको छ ।

उक्त रेटिङले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको जनाउँछ । न्यादीले लमजुङ जिल्लामा ३० मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण गरिरहेको छ । यस आयोजनाको कुल अनुमानित लागत ६ अर्ब ११ करोड ७० लाख ५५ हजार रुपैयाँ रहेको छ । प्रतिमेगावाट लागत २० करोड ३९ लाख २५ हजार १६८ रुपैयाँ रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।