image
image

दोहोरो अंकले बढ्यो नेप्से : चार समूहबाहेक सबै हरियाली

काठमाडौँ, ६, असोज । साताको तेस्रो दिन शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले बढेको छ। सोमबार उच्च अंकले घटेको नेप्से मंगलबार १३.८३ अंकले बढेर २७ सय १२.०७ विन्दुमा पुगेको हो।

नेप्से बढे पनि कारोबार रकम भने घटेको छ। मंगलबार २२३ कम्पनीको १ करोड ५३ लाख ६ हजार ६१ कित्ता शेयर ७ अर्ब ३६ करोड ४७ लाख ९८ हजार ६५२ मूल्यमा खरिदबिक्री भए। सोमबार २२५ कम्पनीको ८ अर्ब बराबरको शेयर कारोबार भएको थियो।

यस दिन ठूला कम्पनीको शेयर कारोबार मापन सेन्सेटिभ इन्डेक्स पनि उकालो लागेको छ। २.३६ अंकले बढेर ५०८.६२ विन्दुमा पुगेको छ। कारोबारमा आएका १३ समूहमध्ये ४ बाहेक सबैको परिसूचक बढेको छ। व्यापार, वित्त, उत्पादन र सामूहिक लगानी कोषको परिसूचक घटेको हो। व्यापारको ५०.२५,वित्तको १८.४५, उत्पादनको १९.०१ र सामूहिक लगानी कोषको ० अंकले परिसूचक घटेको छ।

आज जीवन विमाको सर्वाधिक १९९.६४ अंकले परिसूचक बढेको छ। त्यस्तै होटल एन्ड टुरिजमको ७६.०९, निर्जीव विमाको ७२.०२, विकास बै‌कको २७.३७ र जलविद्युतको २२.८३ अंकले परिसूचक बढेको हो। यस्तै अन्य समूहको परिसूचक पनि बढेको छ।

आज एउटा मात्र कम्पनी मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको १० प्रतिशत बराबरले शेयर मूल्य बढेको छ। त्यसपछि रुरु जलविद्युत परियोजनाको ५.७६ प्रतिशतले शेयरमूल्य बढेको छ।

कारोबार रकमका आधारमा अरुण भ्याली हाइड्रोपावर शीर्षस्थानमा रह्यो। सो कम्पनीको २५ करोड ४४ लाख १५ हजार २३३ मूल्यको कारोबार भयो। नियमन निकायले अस्वभाविक नियन्त्रण गर्न खोज्दा शेयर बजार उथलपुथल भएको लगानीकर्ताको बुझाइ छ। 

अधिकांश लगानीकर्ताहरु शेयर बिक्री गरेर दशैं खर्चको जोहो गर्ने भएकाले यो समयमा बजार उथलपुथल हुनेगरेको विगतको ट्रेण्ड पनि छ। तर, यो मात्र कारण नभइ राष्ट्र बैंकको मौद्रिक नीति, बैंक तथा वित्तीय संस्थामा देखिएको तरलता (लगानीयोग्य रकम) र शेयर बजारमा नेतृत्व अभावका बजार प्रभावित भएको विज्ञहरुले औंल्याएका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।