सीआइटीको संस्थापक सेयर फेरि पनि आयो लिलामीमा
काठमाडौँ, ६, असोज । एनआइसी एसिया बैंकको स्वामित्वमा रहेको सीआइटी (नागरिक लगानी कोष) को संस्थापक सेयर बिक्री हुन हम्मे हम्मे भएको छ । बैंकले कैयौं पटक लिलामीमा बिक्री खुला गर्दा नबिकेपछि आज (असोज ६ गते) बाट पुनः बिक्रीमा ल्याएको छ । बैंकले कोषको ३ लाख ८१ हजार ९०२ कित्ता संस्थापक सेयर लिलामीमा बिक्री खुला गरेको हो । लगानीकर्ताले यसमा न्यूनतम ११ सय ९७ रुपैयाँ भाउ राखेर आवेदन दिन सक्नेछन् ।
यसमा असोज १५ गतेसम्म बोलपत्र पेश गर्न सकिनेछ । लिलामी आवेदन एनआइसी एसिया क्यापिटल बबरमहल, एनआइसी एसिया बैंकको केन्द्रीय कार्यालय थापाथली र शाखा कार्यालयहरु विराटनगर, वीरगंज, पोखरा, बुटवल, धनगढी र सुर्खेतबाट पेश गर्न सकिनेछ ।