image
image

सेयर बजारमा हरियाली, नेप्से १०५ अंकले बढ्यो

काठमाडौँ, ६, असोज। साताको चौथो कारोबार दिन बुधबार ९आज०  सेयर बजारमा हरियाली छाएको छ । पछिल्लो एक महिना यता लगातार गिरावट हुँदा उच्च विन्दुबाट ५०० अंक भन्दा माथिको करेक्सन भएको सेयर बजार परिसूचक नेप्सेमा आज भने बाउन्स ब्याक भएको छ ।

कारोबार सुरु भएको २ घण्टा १५ मिनेट भन्दा माथि जाँदा नेप्सेमा १०० अंक भन्दा माथिको वृद्धि भएको छ । १ बजेर १८ मिनेटसम्म  नेप्से परिसूचक १०५.२८ अंकले वृद्धि हुाँद २८१७.३५ अंकको बिन्दुमा पुगेको छ ।

सुरुवाति समयमा केही मिनेट उताचढाव देखिएर लगातार बढेको नेप्से  पुनः लयमा गएको देखिन्छ । नेप्सेसँगै सबै उपसूचकमा हरीयाली छाएको छ ।

बजारलाई लिड गर्ने बैंकिङ उपसूचक ३.१४ प्रतिशतले वृद्धि हुँदा वित्त कम्पनी उपसूचक सर्वाधिक ८.१ प्रतिशत, विकास बैंक उपसूचक ७.७१ प्रतिशत र हाइड्रोपावर उपसूचक पनि करिब ६ प्रतिशतले बढेको छ ।

यो समाचार तयार गर्दै गर्दा नेप्सेमा करिब ६४ लाख ८८ हजार कित्ता सेयर कारोबार हुँदा साढे ३ अर्ब भन्दा माथिको कारोबार भएको छ । नेप्सेमा १८५ कम्पनीको सेयर कारोबार हुँदा सबै कम्पनीको सेयरमूल्य बढेको छ । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।