image
image

भारत निकासीले तेल उद्योगमा लगानी थपिदै

काठमाडौँ, ६, असोज । विगत तीन वर्षदेखि भारत निकासी सहज भएपछि उद्योगीले क्षमता विस्तारका लागि ठूलो लगानी गर्दैछन्।बारा-पर्सा ‍औद्योगिक करिडोरमा रहेका सबै उद्योगले क्षमता बढाउँदैछन्। वीरगंजका एक उद्योगीका अनुसार यहाँका तेल उद्योगले १० करोडदेखि ४० करोड रुपैयाँसम्म लगानी गर्दैछन्।

वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष सुबोध गुप्ताले सबै तेल उद्योगले क्षमता बढाउने काम सुरु गरिसकेको बताउँदै कतिपयले उत्पादन क्षमता दोब्बर पार्न लागेको जानकारी दिए। गुप्ता नेपाल चामल तेल दाल संघका समेत अध्यक्ष हुन्।

उनका अनुसार वीरगंज करिडोरमा करिब १५ वटा तेल उद्योग छन् भने विराटनगरमा ६ र भैरहवा करिडोरमा ४ गरी करिब ३० वटा उद्योग चलिरहेका छन्। भारतले सोयाविन, पाम र सूर्यमुखी तेल निकासीमा अहिले कुनै किसिमको प्रतिबन्ध छैन।

वीरगंज भन्सार नाकाको तथ्यांक अनुसार चालू आर्थिक वर्षको साउन र भदौमा मात्र वीरगंज करिडोरबाट मात्रै १७ अर्बको प्रशोधित सोयाबिन,पाम र सूर्यमुखी तेलको निकासी भएकाले उद्योगी उत्साहित भएको वीरगंजका उद्योगी सुरेश रुंगटाले बताए।

वीरगंज करिडोरको निम्बस समूहको प्रोबायोटेकले पनि उत्पादन क्षमता बढाएको छ। अध्यक्ष जगदीश अग्रवालले भारत भन्दा पनि स्वदेशी बजारलाई लक्षित गरेर उत्पादन क्षमता बढाएको बताए।

सुशील वनस्पतिले समेत उत्पादन क्षमता बढाएको छ। उद्योगका संचालक प्रदीप केडियाले क्षमता बढाएर उत्पादन थालिसकेको बताए। अवसरको अवस्थाका आधारमा हामीले पनि क्षमता बढाएका हौं। भारतमा निकासी हुन थालेपछि हाम्रो व्यापार पनि राम्रो भएको छ, उनले भने।

चाचान समुहको नारायणी आयल रिफाइनरीले समेत क्षमता बढाइसकेको छ। संचालक निखिल चाचानले भारतीय बजारलाई हेरेर क्षमता बढाएको बताए। खाद्यान्नमा पायोनियर शिवशक्ति समूहले समेत लगानी थप्दैछ। यो समूहले ५० करोड लगानी थपेर क्षमता विस्तार गर्दैछ।

त्रिवेणी समूहको अन्नपूर्ण भेजिटेब्लस एण्ड सप, महालक्ष्मी सोल्भेन्ट, गणपति आयल रिफाइनरी, कृष्णा आयल, आरती भेजिटेबल्स, मुक्ति आयल, शिवशक्ति तेल उद्योगले समेत उत्पादन क्षमता बढाएका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।