image
image

१ सयभन्दा धेरै अङ्कले बढेको शेयर बजारमा हरियाली  

काठमाडौँ, ६, असोज । शेयर बजार आज बुधवार झन्डै एक सय पाँच अङ्कले बढेको छ । आज बजार खुलेदेखि नै उकालो लागेको नेप्से एक सय ४ दशमलव ८८ अङ्कले बढेर दुई हजार आठ सय १६ दशमलव ९५ विन्दुमा पुगेको छ ।

आज कारोबार भएका दुई सय १७ कम्पनीमध्ये चार वटाको बाहेक अरू सबैको शेयर मूल्य बढेको छ । बैंकिङ समूहको शेयर ६१ अङ्कले, विकास बैंक समूहको तीन सय ८१ अङ्कले, जलविद्युतको एक सय ६९, फाइनान्सको दुई सय आठ र माइक्रोफाइनान्स समूहको शेयर एक सय ७० अङ्कले बढेको छ ।

यस्तै व्यापार समूहको एक सय ३२, जीवन बीमा समूहको पाँच सय ५१, निर्जीवन बीमा समूहको चार सय ४१, उत्पादनको एक सय ८२ र अन्य समूहको शेयर ४२ अङ्कले बढेको छ । 

आज १५ वटा कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । दुई सय १७ वटा कम्पनीका एक करोड २१ लाख कित्ता शेयर ६ अर्ब १७ करोड ९३ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै अरुण भ्याली हाइड्रो कम्पनीको २३ करोड ३४ लाख रुपैयाँको शेयर किनबेच भएको छ । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।