image
image

धानको समर्थन मूल्य तोकियो ; प्रति क्विन्टल कति ?

काठमाडौँ, ६, असोज। चालु आर्थिक वर्षका लागि सरकारले धानको न्यूनतम सर्मथन मूल्य क्विन्टलमा १७ रुपैयाँले बढाएर तोकेको छ ।

भदौ २९ गते बसेको मन्त्रिपरिषद् बैठकले आर्थिक वर्ष ०७८/७९ का लागि मोटा र मध्यम किसिमको धानको न्यूनतम सर्मथन मूल्य तोकेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।

चालु आर्थिक वर्षका लागि मोटा धानको प्रति क्विन्टल मूल्य दुई हजार ७५२ र मध्यम किसिमको धानको मूल्य दुई हजार ९०२ रुपैयाँ तोकिएको मन्त्रालयका सहसचिव एवं प्रवक्ता प्रकाश सञ्जेलले बताए । यस वर्ष तोकिएको धानको सर्मथन मूल्य गत वर्षकोभन्दा प्रति क्विन्टल १७ रुपैयाँले बढी भएको प्रवक्ता सञ्जेलले जानकारी दिए ।

गत वर्ष असारे धान लगाउनु पूर्व नै सरकारले धानको सर्मथन मूल्य तोकेको थियो । सो आर्थिक वर्षमा किसानले मोटा धान प्रतिक्विन्टल २ हजार ७ सय ३५ र मध्यम धानको मूल्य २ हजार ८ सय ८५ रुपैयाँले तोकेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।