image
image

लाभांश घोषणा गर्ने बैंकमा पहिलो बन्यो माछापुच्छ्रे

काठमाडौँ, ६, असोज । माछापुच्छ्रे बैंकको बुधबार बसेको संचालक समितिले गत आर्थिक बर्षको खुद मुनाफाबाट शेयरधनीहरुलाई दिने लाभांश घोषणा गरेको छ।बैंकले चूक्ता पूँजीको १४ प्रतिशत अर्थात १ अर्ब २६ करोड ७४ लाख रुपैयाँ बराबरको लाभांश घोषणा गरेको हो। 

उक्त लाभांश अन्तर्गत बैंकले १३.३० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.७० प्रतिशत नगद लाभांश वितरण गर्नेछ। नेपाल राष्ट्र बैंकको स्वीकृति एवं आगामी वार्षिक साधारण सभाबाट पारित भए पश्चात लाभांश वितरण हुनेछ।  

बैंकले गत आर्थिक वर्षमा १ अर्ब ६० करोड ७४ लाख रुपैयाँ खुद नाफा गरेर प्रतिशेयर आम्दानी १७ रुपैयाँ ७६ पैसा कायम गरेको थियो। बैंकको चुक्ता पुँजी ९ अर्ब ५ करोड रुपैयाँ तथा साधारण जगेडा कोषमा २ अर्ब २ करोड रुपैयाँ संचित छ।

बैंकले देशभर १६२ वटा शाखा कार्यालय, १७५ शाखारहित बैकिङ्ग सेवा, ७ एक्सटेन्सन काउण्टर समेत गरी जम्मा ३४४ स्थानवाट १० लाख भन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ। बंैकको देशभर २०३ वटा एटीएमहरु संचालनमा छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।