image
image

रु रु जलविद्युत परियोजनाको मूल्य समायोजन

काठमाडौँ, ७, असोज । बिहीबार नेप्सेमा रु रु जलविद्युत परियोजना लिमिटेडको मूल्य समायोजन भएको छ। कम्पनीले साधारण सभा प्रयोजनार्थ बुकक्लोज गरेसँगै नेप्सेले कम्पनीको मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।

कम्पनीको यस दिन १० प्रतिशत बोनस शेयर समायोजन भएको हो। समायोजनपश्चात कम्पनीको शेयरमूल्य १ हजार २०६ रुपैयाँ तोकिएको छ। कम्पनीको अघिल्लो कारोबार दिनको अन्तिम मूल्यको आधारमा नेप्सेले मूल्य समायोजन गरेको हो। अघिल्लो कारोबार दिन अर्थात बुधबार कम्पनीको शेयर प्रतिकित्ता १ हजार ३२७ रुपैयाँमा अन्तिम कारोबार भएको थियो।

यही समायोजित मूल्यको आधारमा आज कारोबार खुल्नेछ। कम्पनीले असोज १६ गते वार्षिक साधारण सभा बोलाएको छ। सभा कम्पनीको रजिष्टर्ड कार्यालय हात्तीसार, काठमाडौंमा बिहान ११ बजे देखि भर्चुअल माध्यमबाट हुनेछ। 

सभामा आर्थिक वर्ष २०७६/७७ को नाफाबाट करसहित १०.५२ प्रतिशत नगद लाभांश र २०७७/७८ को नाफाबाट १० प्रतिशत बोनस शेयर सोबापत लाग्ने कर तिर्न ०.५२ प्रतिशत नगद लाभांश वितरण प्रस्ताव पेश हुनेछ। यसका साथै, सभामा संस्थापक समूहबाट ५ जना र सर्वसाधारण समूहबाट एक जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव पनि रहेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।