image
image
दुई प्रमुख नाका बन्द, नेपाल–चीन व्यापारमा ठूलो असर

दुई प्रमुख नाका बन्द, नेपाल–चीन व्यापारमा ठूलो असर

मङ्गलबार, १६ भदौ। रसुवागढी–केरुङ नाका बाढीले ध्वस्त भएपछि नेपाल–चीन व्यापारमा ठूलो समस्या आएको छ। त्यसमाथि पहिरोको जोखिमका कारण चीनले तातोपानी–जाङ्मु नाकाबाट हुने आयात–निर्यात पनि अर्को सूचना नभएसम्म बन्द गरेको छ। अब चीनसँगको व्यापारका लागि मुस्ताङको कोरला नाका मात्रै प्रमुख वैकल्पिक मार्ग बनेको छ।

बाढीका कारण रसुवागढी क्षेत्रमा भन्सार, अध्यागमन तथा अन्य व्यापारिक पूर्वाधारमा ठूलो क्षति भएको छ। चीनबाट नेपाल आउँदै गरेका सामान बोकेका कन्टेनरहरू पनि वैकल्पिक रूपमा कोरला नाकातर्फ पठाउन थालिएको छ। आजसम्म १०८ वटा कन्टेनर कोरला नाकातर्फ पठाइएको जानकारी आएको छ।

नेपालले गत आर्थिक वर्ष चीनबाट करिब रु. ४२५ अर्ब २४ करोडको वस्तु आयात गरेको थियो, जबकि चीनतर्फ नेपालको निर्यात करिब रु. १ अर्ब ८९ करोड मात्रै थियो। त्यसैले प्रमुख उत्तरी नाकाहरू लामो समय बन्द रहँदा आपूर्ति, व्यवसाय र भन्सार राजस्वमा ठूलो असर पर्न सक्ने देखिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।