image
image
हिमलुङ हिमालमा हिमपहिरो : ४ नेपालीको मृत्यु, १२ जना बेपत्ता, खोजी तथा उद्धार जारी

हिमलुङ हिमालमा हिमपहिरो : ४ नेपालीको मृत्यु, १२ जना बेपत्ता, खोजी तथा उद्धार जारी

असोज १४ । मनाङस्थित ७ हजार १२६ मिटर अग्लो हिमलुङ हिमालमा हिमपहिरो खस्दा कम्तीमा चार नेपालीको मृत्यु भएको छ भने १२ जना अझै बेपत्ता छन्। शरद् ऋतुको आरोहणका लागि आधार शिविर तयारी गरिरहेका नेपाली आरोहण सहयोगी तथा गाइडहरू हिमपहिरोमा परेका हुन्। खराब मौसमका कारण प्रारम्भिक उद्धार तथा खोजी कार्यमा कठिनाइ भए पनि मौसममा केही सुधार आएपछि अनुभवी पर्वत गाइडहरूको टोलीले हिउँमा पुरिएका व्यक्तिको खोजीलाई निरन्तरता दिएको छ।

हिमपहिरोमा परेका १० जनालाई यसअघि उद्धार गरी हेलिकप्टरमार्फत सुरक्षित स्थानमा ल्याइएको छ। उद्धारकर्ताले हिमपहिरोले पुरिएका टेन्ट तथा आधार शिविर क्षेत्रमा खोजी गरिरहेका छन्। हिमलुङ क्षेत्रमा पछिल्लो समय लगातार वर्षा र हिमपात भइरहेकाले भू–भाग अस्थिर बनेको र उद्धार टोलीले पनि उच्च जोखिमबीच काम गरिरहेको जनाइएको छ।

हिमपहिरोपछि मनाङ क्षेत्रमा बाढी र पहिरोका घटनासमेत देखिएका छन्। जिल्लामा भारी वर्षाका कारण सडक तथा आवागमनमा समेत असर परेको प्रशासनले जनाएको छ। हिमलुङ घटनाले पछिल्लो समय नेपालका हिमाली क्षेत्रमा देखिएको प्रतिकूल मौसम र त्यसबाट आरोहण तथा पर्वतीय गतिविधिमा उत्पन्न जोखिमलाई पनि थप उजागर गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।