तामाकोसीको उत्पादनले नेपाल बिजुलीमा आत्मनिर्भर हुन्छ
काठमाडौँ, २३, असार । ४५६ मेगावाट जडित क्षमता रहेको बहुप्रतिक्षित राष्ट्रिय गौरवको माथिल्लो तामाकोशी जलविद्युत आयोजना असार २१ गते सोमबारदेखि सञ्चालनमा आयो।विभिन्न बाधा अवरोध छिचोल्दै करिब ११ वर्षपछि दोलखाको बिगु गाउँपालिका–१ लामाबगरमा निर्माण गरिएको तामाकोशी जलविद्युत आयोजनाको सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट उद्घाटन गरे।
२०६७ साल भदौ महिनादेखि निर्माण कार्य सुरु गरिएको यस आयोजनाको शिलान्यास २०६८ जेठ ४ गते तत्कालीन प्रधानमन्त्री झलनाथ खनालले गरेका थिए।सुरु भएदेखि सम्पन्न हुने अवस्थासम्म आइपुग्दा आयोजनाले भूकम्प, भारतले लगाएको नाकाबन्दी तथा कोरोना भाइरसका कारण उत्पन्न समस्या खेप्नु पर्यो। यसले आयोजना सम्पन्न गर्ने मिति बारम्बार पछि धकेलिँदै गएको थियो ।
करिव ६ वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको यस आयोजनाले २०७२ को बिनासकारी भूकम्प, त्यस लगत्तै भएको भारतीय नाकाबन्दी, आयोजनाको सुरुङ्गमा भएको डिजाइन परिवर्तन, लट नम्बर २ हाइड्रोमेकानिकलका ठेकेदारको कमजोर कार्य सम्पादन तथा कोभिड १९ का कारण बिजुली उत्पादनमा ढिलाइ भएको जनाएको छ ।
७६ मेगावाटका ६ वटा युनिट रहेको यस आयोजनाको पहिलो युनिटबाट विद्युत उत्पादन गरि राष्ट्रिय प्रणालीमा पठाइएको जानकारी आयोजनाका प्रवक्ता डा। गणेश न्यौपानेले दिए। उनले भने, ‘सोमबारदेखि पहिलो युनिट सञ्चालनमा आएको यस आयोजनाले यहि असार महिनाको अन्त्यसम्म अर्को युनिट तथा भदौ मसान्तसम्म ९साउन–भदौ० ४ वटा युनिटहरु १५–१५ दिनको अन्तरालमा सञ्चालनमा आउने अपेक्षा गरिएको छ।’
आयोजनाको विद्युत गृहबाट उत्पादित विद्युतलाई राष्ट्रिय प्रणालीमा जोड्न आयोजनाले नै ४७।२ किलोमिटर लामो डवल सर्किट २२० के भी गोगर–खिम्ती प्रशारण लाइनको निर्माण गरेको प्रवक्ता डा. न्यौपानेले जानकारी दिए।‘हाल न्यू खिम्तीको २२०–१३२ केभी सबस्टेशनको निर्माण कार्य पूरा नभएकोले हाल आयोजनाबाट उत्पादित विद्युतलाई खिम्ती सबस्टेशन हुँदै नेपाल विद्युत प्राधिकरणको खिम्ती ढल्केवर २२० केभी प्रशारण लाईन मार्फत ४००–२०० केभीको सबस्टेशनमा लगि वितरण गरिएको छ’ प्रवक्ता डा। न्यौपानेले भने।
स्वदेशी लगानीमा सम्पन्न भएको ठूलो आयोजनामा दोब्बर समय लाग्दा लागत बढेको छ। सुरुवाति लागत ३५ अर्ब २९ करोड ९निर्माण अवधिको व्याज बाहेक० रुपैयाँ रहेको भए पनि अमेरिकी डलरको मूल्यमा आएको उतारचढाब, मूल्य समायोजन¸ डिजाइनमा गरिएको परिवर्तन जस्ता कारणले लागत करिब ५२ अर्ब पुगेको छ। निर्माण अवधिको व्याज जोड्दा लागत झण्डै ८४ अर्ब रुपैयाँ बराबर पुगेको प्रवक्ता डा। न्यौपानेले जानकारी दिए।
यस आयोजनाको सफलतासँगै नेपाली प्राविधिकबाट स्वदेशकै लगानीमा नै यस्ता ठूला आयोजनाहरु पनि सम्पन्न गर्न सकिने उदाहरण बनेको प्रवक्ता डा। न्यौपानेको भनाइ छ। यो आयोजना पूर्णक्षमतामा सञ्चालनमा आएसँगै बिजुलीमा नेपाल आत्मनिर्भरताको बाटोमा जाने तथा राष्ट्रको अर्थतन्त्रमा पनि प्रभाव पार्ने विज्ञहरु बताउँछन्। यसबाट सर्वसाधारणदेखि उद्योग कलकारखानासम्म लाभान्वित हुनुका साथै धेरै नेपालीले स्वदेशमै रोजगारी पाउने अपेक्षा धेरैको छ।
यस्तै विद्युतीय सवारी साधनमा प्रोत्साहन मिल्ने, त्यसका पूर्वाधार निर्माण गर्ने लगायतका अन्य पूर्वाधारमा पनि टेवा पुग्ने छ । प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटनका क्रममा यस आयोजनाले दोलखाबासीसँगै सम्पूर्ण नेपालीहरुलाई फाइदा हुने बताएका थिए।
यो आयोजना नेपाली कांग्रेसका दिवंगत नेता भीमबहादुर तामाङले तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई मनाएर अगाडि बढाएको जानकारहरु बताउँछन्। यति ठूलो आयोजना नेपालमा बनाउन नसकिने तर्क तत्कालीन अर्थमन्त्री डा। रामशरण महतको थियो। माथिल्लो तामाकोशी नेपालकै ठूलो आयोजना हो। सो आयोजना दोलखा जिल्लाको लामाबागर गाविसमा अवस्थित छ। यो उच्च हिमालयको तल्लो क्षेत्रमा तामाकोशी नदीको जलग्रहणमा अवस्थित छ।
तामाकोशी नदी, कोशी नदी जलाधारमा रहेको सुनकोशी नदीको प्रमुख सहायक नदीहरू मध्ये एक हो। जलविद्युत आयोजनाको प्रमुख उर्जा केन्द्र लामाबागर गाउँमा अवस्थित छ जुन चीन (तिब्बत) को सिमानाबाट ६ किलोमिटर दक्षिणमा दोलखा जिल्ला केन्द्र चदिकोटको ३२ किलोमिटर उत्तरपूर्वबाट सीधा दूरीमा अवस्थित छ।