image
image
बाढीले चितवनमा नारायणी नदीको १.१५ किलोमिटर तटबन्ध क्षतिग्रस्त

बाढीले चितवनमा नारायणी नदीको १.१५ किलोमिटर तटबन्ध क्षतिग्रस्त

असोज २१। चितवनमा नारायणी नदीमा आएको बाढीले नदीकिनारमा निर्माण गरिएको करिब १ हजार १५० मिटर तटबन्धमा क्षति पुर्‍याएको छ। भरतपुर महानगरपालिका क्षेत्रमा नारायणी पुलबाट पश्चिमतर्फ गोलाघाटसम्मको करिब ३५ किलोमिटर क्षेत्रमा २० किलोमिटर तटबन्ध निर्माण गरिएको छ।

सिँचाइ तथा जलस्रोत आयोजना भरतपुरका सूचना अधिकारी इन्जिनियर सागर पौडेलका अनुसार सिद्धिगणेश वन क्षेत्रमा ६ सय मिटर, मझुवा वन क्षेत्रमा ३ सय मिटर र हिरापुर क्षेत्रमा १ सय मिटर तटबन्धमा क्षति पुगेको छ। त्यस्तै गौरेश्वर, गाँजीपुर र कटेरो क्षेत्रमा ५०–५० मिटर तटबन्ध प्रभावित भएको छ। बाढीका कारण केही क्षेत्रमा डुबानसमेत भएको छ।

चितवनतर्फ नारायणी नदी किनारमा तुलनात्मक रूपमा धेरै स्थानमा तटबन्ध निर्माण भएकाले बाढीबाट हुने ठूलो क्षति रोक्न सहयोग पुगेको आयोजनाले जनाएको छ। तटबन्ध निर्माण नभएका केही स्थानबाट भने बाढी बस्ती आसपास प्रवेश गरेको थियो।

उता नारायणी नदीको नवलपरासीतर्फ भने तटबन्ध निर्माणको अवस्था कमजोर रहेको जनाइएको छ। नारायणी पुलदेखि तल नवलपरासी क्षेत्रमा पर्ने करिब ९८ किलोमिटर नदीकिनारमध्ये हालसम्म करिब ९ किलोमिटर क्षेत्रमा मात्रै तटबन्ध निर्माण भएको छ। तटबन्ध नभएका क्षेत्रमा बाढीले नदी कटान र भौतिक क्षति बढी पुर्‍याएको बताइएको छ।

बाढीपछि क्षतिग्रस्त तटबन्धको अवस्था थप जोखिमपूर्ण बन्न सक्ने भएकाले नदीकिनारका संवेदनशील क्षेत्रमा तत्काल निरीक्षण, मर्मत तथा आवश्यक संरक्षणका काम अघि बढाउनुपर्ने देखिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।